निर्वाचन आयोगले गर्यो रेशम चौधरीको उम्मेदवारी खारेज

विहीबार, ०८ माघ २०८२

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गरिएको उम्मेदवारी खारेज भएको छ ।

चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । तर  निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी बदर गर्ने निर्णय गरेको हो ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिसकेका र पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले कानुनी प्रावधानका आधारमा निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार