रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु एक जना घाइते

आइतबार, ०७ मंसिर २०८२

झापा : झापा मेचीनगर–१५ हेल्दुबारीस्थित भित्री सडकखण्डमा  साँझ साँझ  मोटरसाइकल र ट्याक्टर एक–अर्कामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प ३३३६ नं.को मोटरसाइकलले रोड छेउमा रोकी राखिएको प्र.१–०१–००१ त ९९७७ नं.को ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल दुवै गम्भीर घाइते बनेका थिए।

दुवै जनालाई प्रादेशिक अस्पताल भद्रपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित B&C अस्पताल रेफर गरिएको थियो।

तर, उपचारको क्रममा १९:४५ बजे मोटरसाइकल चालक राउतको मृत्यु भएको अस्पतालले जनाएको छ। पछाडि सवार भुजेलको भने उपचार जारी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार