तौलिहवा : तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि झापाका एक युवाको ज्यान गएको छ ।
बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे चोकमा इभी गाडीमा ठोक्किएको मोटरसाइकल पुनः स्कर्पियोमा ठक्कर खाएको थियो।
दुर्घटनामा परि झापाको बुद्धशान्ति गाउँपालिका निवासी २७ वर्षीय लोचन पौडेल सवार प्रदेश १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकल गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ।
उनी सवार मोटरसाइकल पहिलो पटक इभीमा ठोक्किएपछि नियन्त्रण गुमाएर छेउमै रहेको स्कर्पियोमा ठोक्किएको बताइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गम्भीर घाइते पौडेललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि दुवै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
प्रतिक्रिया