कालिकोटको तिला नदीमा जीप खस्दा ३ जनाको मृत्यु, १ बेपत्ता

शनिबार, ०३ माघ २०८२

कालिकोट : शुभकालिका गाउँपालिका-४ कुडीबाट शुक्रबार तिला नदीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

जिप भे.१. च २८९८ नम्बरको बोलेरो शुभकालिका-४ जाँदै गरेको र सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार सडकबाट खसेको जिप झण्डै ५०० मिटर तल नदीसम्म पुगेको थियो। मृत्यु भएका तीन पुरुषको शव नदीबाट निकालेको भए पनि उनीहरूको सनाखत हुन बाँकी छ। बेपत्ता व्यक्ति को हुन् भन्ने पनि अहिलेसम्म पुष्टि भएको छैन।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार