काठमाडौँ : नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा सहभागिताका लागि कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाएको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।
आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ । देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो ।
तर आयोगको निर्णयसँगै नेपाली काँग्रेसको चुनाव चिह्न रुख र चारतारे झन्डा देउवा पक्षबाट गुमेको छ ।
प्रतिक्रिया