कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगबाट टुंगियो, गगन टिमले पायो मान्यता

शुक्रबार, ०२ माघ २०८२

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगबाट टुंगिएको छ । शुक्रबार निर्वाचन आयोगमा बसेको बैठकले कांग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

आधिकारिकता विवाद समाधानका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर तथा आयोगका सचिवले कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो । सो निवेदनको विपक्षमा शेरबहादुर देउवा पक्षले अलग निवेदन दर्ता गराएको थियो ।

दुवै पक्षको निवेदन र कानुनी पक्षमाथि छलफलपछि आयोगले कांग्रेसको पार्टीगत विवरण अद्यावधिक गर्ने निर्णय गरेको जनाएको छ । आयोगको यो निर्णयसँगै केही समयदेखि जारी कांग्रेसको आधिकारिकता विवाद औपचारिक रूपमा टुंगिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार