कांग्रेस उपसभापति शर्माले भने,'हस्ताक्षर गर्ने वा नगर्ने बीचको दुरी हुँदैन'

शुक्रबार, ०२ माघ २०८२
File Photo

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने वा नगर्ने बीचको दरार र दुरी हटाएर पार्टीलाई अगाडि बढाउने बताएका छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक नेपाली कांग्रेस घोषणा गरेपछि उपसभापति शर्माले फेसबुक लाइभमार्फत प्रतिक्रिया दिएका हुन्।

भने, “जो बदलिन्छन्, उनीहरूले बदल्न सक्छन्। हामीले पनि अब बदल्ने संकल्प लिनुपर्छ। विशेष महाधिवेशनमा जसले हस्ताक्षर गरे वा नगरे पनि अब हाम्रो बीच दरार र दुरी हुनु हुँदैन।”

उपसभापति शर्माले पार्टीले अब जेनजी आन्दोलनले माग गरेको सुशासन प्रत्याभूत गर्ने संकल्प लिएर विगतका कमी–कमजोरी सच्याउँदै अघि बढ्ने पनि व्यक्त गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार