‘सबै सेटिङमा भयो’ भन्दै देउवा पक्षको कडा प्रतिवाद

शुक्रबार, ०२ माघ २०८२
File Photo

काठमाडौँ : नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्का निर्वाचन आयोग परिसरमा पुगेका छन् । शुक्रबार साँझ निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि खड्का आयोग पुगेका हुन् ।

आयोगको निर्णयप्रति आपत्ति जनाउँदै उपसभापति खड्काले उक्त निर्णय आफूहरूलाई मान्य नहुने स्पष्ट पारे । उनले यसविरुद्ध वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने घोषणा गरे ।

खड्काले निर्वाचन आयोगको निर्णय ‘सबै सेटिङमा भएको’ आरोप लगाउँदै निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार