उदयपुर : जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर प्रहरीले एक नावालक सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यही माघ ९ गते त्रियुगा नगरापालिका वडा नम्बर ११ पिपल चोकमा डेरा गरी बस्ने अन्दाजी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नाबालक सहित दुई जना पक्राउ परेका हुन् ।
साँझको समयमा बालिकालाई जबरजस्ती करणीको अभियोगमा त्रियुगा नगरपालिका वडा नम्बर १३ का १९ बर्षीय बिकल दनुवार र सोही ठाउँका एक नाबालकलाई प्रहरीले नियन्त्रण लिएर पाँच दिनको म्याद थप गरेको जनाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोग लागेका थप एक जना १६ बर्षीय बालक भने अझै फरार रहेको समेत प्रहरीले जनाएको छ । अभियोग लागेका फरार व्यक्तिको खोजी कार्य भई रहेको समेत प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया