काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोजनाएको छ ।
नेपाली काँग्रेसले पत्रकार सम्मेनलको आयोजना गरि देशभर सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको र जसमा १०६जना नयाँ उम्मेदवारहरु रहेको जनाएको हो ।
पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको र १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी गराएका हुन। प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा बागी उम्मेदवारी दिनेहरुले फिर्ता लिइसकेको समेत बताए ।
काँग्रेस प्रवक्ता चालिसेका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ । निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको समेत जानकारी गराए ।
कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि चालिसेले जानकारी दिए । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ रहेको थियो ।
पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे । कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतिक्रिया