झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा केही उम्मेदवारहरु प्रतिस्पर्धा गर्न नभई प्रतिशोध साँध्न मात्र आएको नेकपा एमालेका सचिव हिक्मतकुमार कार्कीले बताएका छन्।
नेकपा एमालेका सचिव कार्कीले दमकमा पत्रकारहरुसंग कुराकानी गर्दै राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको समेत बताएका हुन ।
एमाले सचिव कार्कीले नाम नलिइ बालेन्द्र शाह बालेन प्रति लक्षित गर्दै केही साथीहरु प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरु यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जान्छन भने । एमालेले सिद्धान्तको कुरा गर्छ , एमालेले जनताको कुरा गर्छ एमालेले प्रतिशोधको राजनीति गर्दैन सचिव कार्कीले भने ।
एमालेका उम्मेद्वार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ साल देखि नै प्रतिनिधित्व गरेकोले उहाँको योगदानमा यहाँका मतदाता जानकारका छन कार्कीले अगाडी थपे । ‘केपी ओलीलाई झापा ५ मा सामिप्यता छ , सम्बन्ध छ , माया छ , प्रेम छ ’ कार्कीले भने ‘अरु उम्मेद्वारले आफ्नो परिचय दिंदै हिड्नु पर्ने अवस्था छ । त्यसैले पनि यो एमालेका लागि सहज क्षेत्र हो ।’
सचिव कार्कीले केपी ओलीको निर्वाचन क्षेत्र भएकोले यस क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय चासो बढेको समेत बताए ।
प्रतिक्रिया