बिर्तामोडमा आगलागी, ६ लाख बराबरको धनमाल नष्ट

विहीबार, ११ मंसिर २०८२
सांकेतिक फाईल

झापा : झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीस्थित दुर्गा स्टिल प्रालिका कामदारहरू बस्ने दुईतले पक्की भवनको भुइँतलामा आज साँझ आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ बजे किचेन कोठामा ग्यास लिक भई अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आगो निभाउन स्थानीय बासिन्दा समेत सक्रिय भएर सहयोग गरेका थिए।

आगलागीबाट किचेन कोठासहित छेउमा रहेको सुत्ने कोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। कामदारहरूको व्यक्तिगत सामान — नगद १ लाख ५० हजार रुपैयाँ, कपडा, र ३ थान मोबाइल फोनसहित करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार