पाँचथर : जबरजस्ती करणी मुद्दामा फरार रहेका पाँचथर फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय बिशाल चेम्जोङ दुई वर्षपछि पक्राउ परेका छन्।
मिति २०८० साल पुस १ गते राति १२ बजे घटना घटेको थियो। घटनापछि चेम्जोङ फरार बनेपछि प्रहरीले निरन्तर खोजतलास गरिरहेको थियो। सोही क्रममा आज दिउँसो २ बजे पाँचथर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फिदिम नगरपालिका–१, फिदिम बजार क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका चेम्जोङलाई पाँचथर जिल्ला अदालत फिदिममा पेश गरी ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया