कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि दुई दिन पछाडि सारियो

विहीबार, ११ मंसिर २०८२

ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः दुई दिन पछाडि सारिएको छ। यसअघि मंसिर १२ गते, शुक्रबार दिउँसो २ः०० बजे बस्ने भनिएको बैठक अब मंसिर १४ गते, आइतबार दिउँसो २ः०० बजे हुने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने सो बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापति उपस्थित हुन निर्देश गरिएको छ।

यस सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार