पथरीशनिश्चरेबाट पक्राउ परे देवान, साथमा भेटियो प्रतिबन्धित औषधि

शुक्रबार, १२ मंसिर २०८२

विराटनगर : मोरङको पथरीशनिश्चरेबाट प्रतिबन्धित औषधिसहित बिहीबार साँझ तुलाराम देवान पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–४ का २६ वर्षीय देवानलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पथरीशनिश्चरे–४ सिरिसे डाँडाबाट उनलाई साँझ ६ः५० बजेतिर पक्राउ गरिएको हो । पैदल हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । 

चेकजाँचका क्रममा देवानको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल २ सय क्याप्सुल, डाईजी २ सय ४ ट्याब्लेट र हेल्थी लाइफ ५२ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर इप्रका पथरीको हिरासतमा राखी उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार