नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर रोयल्सलाई २४ रनले हराउँदै दोस्रो संस्करणमा पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरमा भएको खेलमा १५६ रनको लक्ष्य पछ्याउँदै जनकपुर २० ओभरमा ९ विकेट गुमाएर १३० रनमै रोकियो।
पोखराका विपीन खत्री चम्किए– उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। सुमित वर्माले अर्धशतक (५०*) सहित २ विकेट पनि लिए।
जनकपुरका वायन पार्नेलले ३८ बलमा ५० रन बनाए तर ‘रिटायर्ड हर्ट’ हुँदै बाहिरिए। जनकपुरका अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन नसक्दा टोली तेस्रो पटक पराजित भयो।
प्रतिक्रिया