अब प्रदेश खबरको सम्पूर्ण समाचार नेपा: एप मा उपलब्ध हुने

मंगलबार, १३ माघ २०८२

इटहरी ।  पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको नेपाली एप्लिकेसन नेपा: एपमा प्रदेश खबरका सम्पूर्ण  समाचार पढ्न पाइने भएको छ। नेपा: एप र प्रदेश खबरले आज बाट औपचारिक सहकार्य गर्दै नेपाली प्रयोगकर्ता माझ सत्यतथ्य, जानकारी मुलुक र निष्पक्ष समाचार साझा गर्ने सहमति गरेका छन्। 

नेपाली एप्लिकेसन मध्येमा उत्कृष्ट डिजाइन रहेको नेपा: एप प्रयोगकर्ता मैत्री अनुभव, सुरक्षित हुनुका साथै स्लो नेट मा सजिलै चल्ने हुँदा अझ लोकप्रिय भएको डिजिटल विज्ञहरू ले बताएका छन्। 

सजिलो नेपाली पात्रो सहित उपलब्ध नेपा: एपमा तपाइले विश्वासशिला स्रोत बाट ताजा समाचार, आफूलाई मनपर्ने विषयवस्तुका जानकारी, आफ्नो जिल्लाको समाचार यस्तै तपाइको नजिक घटेका घटना तुरुन्त थाहा पाउन सक्नुहुनेछ। देश भरिका रेडियो सुन्ने मिल्ने यस एप्लिकेसनमा नेपाली भिडियो तथा रिल्स पनि उपलब्ध रहेको छ। तपाइले यहाँ क्लिक गरेर यो लोकप्रिय एप्लिकेसन डाउनलोड गर्न सक्नुहुनेछ।

कोशी प्रदेशबाट ३ वर्षदेखि सञ्चालित  प्रदेश खबर कोशी प्रदेशमा रहेर स्थानीय र राष्ट्रिय स्तरको समाचार प्रकाशन गर्दै आएको छ ।  प्रदेश खबरमा प्रकाशन भएको समाचार यस अघि नै नेपाली पात्रोमा पनि उपलब्ध हुँदै आएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार