काठमाडौं : सर्लाही जिल्लाको मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले बताएकी छन् ।
आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै दाहालले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिएकी हुन् ।
दाहालले जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको समेत बताइन । रोग फैलिदै गएकाले अरु पालिकामा पनि सर्ने सक्ने भएकाले जनचेतना र स्वास्थ्य सरसफाई अभियानबाट स्थानीय तहले पहलकदमी म आग्रह र अनुरोध गर्न चाहन्छु दाहालले भनिन ।
रोग फैलिँदै गइरहेकाले अन्य पालिकामा समेत सर्न सक्ने जोखिम रहेको उल्लेख गर्दै दाहालले जनचेतना अभिवृद्धि र स्वास्थ्य सरसफाइ अभियानमार्फत स्थानीय तहले थप पहल गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया