काठमाडौं : राष्ट्रिय सभाको बैठकमा नेकपा एकालेका तर्फबाट सदस्य गोपाल भट्टराईले सरकारको संसदप्रतिको दृष्टिकोण गलत रहेको आरोप लगाएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य भट्टराईले सरकारले कामको सुरुवातमै संसदमाथि हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।
भट्टराईले संसदीय दलका कार्यालयहरू प्रायः बन्द रहेको, कर्मचारी हटाइएको र विधायकी कार्यका लागि आवश्यक जनशक्ति अभाव रहेको छ , जनशक्ति बिनाको विधायकी कार्य साँसदले कसरी गर्न सक्छन् ?’ भने।
अहिले चुनावी प्रक्रिया अघि बढिरहेकाले आगामी बैठकहरू प्रभावित हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै त्यसतर्फ पनि सदनको ध्यान जानुपर्ने भट्टराईको भनाइ रहेको थियो ।
भट्टराईले भने, ‘अहिले चुनावी प्रक्रिया अगाडि बढेको छ, हामी पार्टीबाट प्रतिनिधित्व गर्छौं । चुनावमा पनि हाम्रो भूमिका रहन्छ त्यसकारण अबका बैठकहरु प्रभावित हुन सक्ने सम्भावना पनि छ त्यसतर्फ ध्यान जान जरुरी छ ।’
संसदमा हस्तक्षेप गरेर संसद सञ्चालन हुन नसक्ने भन्दै सरकारको संसदप्रतिको दृष्टिकोण नै गलत रहेको भट्टराईले दाबी गरे ।
प्रतिक्रिया