काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको बताएका छन् ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) बाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछिको एकता कार्यक्रममा बोल्दै प्रचण्डले अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने बताएका हुन।
नेकपाका संयोजक प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको समेत बताए । प्रचण्डले सिद्धान्ताको दृष्टिकोणले अध्यक्ष किरणप्रति सम्मान रहेको पनि बताए ।
संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको जानकारी गराए । प्रचण्डले भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ सो कार्यक्रममा भने ।
प्रतिक्रिया