विराटनगर : झापाको मेचिनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। माघ ११ गते दिउँसो करिब १ः३० बजे काकँरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा मे ९ प ६३९४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–७ बस्ने ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी ५४ वर्षीया श्रीमती कल्पना भण्डारीको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते अवस्थामा उपचारका लागि बी एन्ड सी अस्पताल लगिएकी भण्डारीको उपचारकै क्रममाआज (बुधबार ) बिहान १०ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल चालक मेचिनगर नगरपालिका–६ बस्ने ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काकडभिट्टाको नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रतिक्रिया