उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–५ देविस्थान जुटपानीमा खाल्डोमा जमेको पानीमा डुबी एक बालकको मृत्यु भएको छ। प्रकाश विष्टका ४ वर्षीय छोरा आदित्य विष्टखेल्दै गरेका उनी अचानक बेपत्ता भएपछि खोजतलासका क्रममा मृतावस्थामा फेला परेका हुन्।
स्थानीयवासीहरूले खोजतलास गर्ने क्रममै आदित्यलाई उनका ठूला बुबा चन्द्रबहादुर विष्टको घर नजिकै रहेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा फेला पारेका हुन् ।
घटनाबारे सूचना पाएसँगै इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया