झापा : तनाव व्यवस्थापन लगायतका मानसिक स्वास्थ्यका विषयमा युवा विद्यार्थीमा सचेतना अभिवृद्ध गर्ने उद्धेश्य सहित झापाको विर्तामोडमा रहेको निधि कलेजमा एक कार्यक्रम आयोजना गरिएको छ ।
रोर्याक्ट क्लब अफ बिर्तामोडको आयोजनामा युवाहरुलाई मानसिक स्वास्थ्यप्रति जागरुक वनाउने उद्धेश्यले मेन्टल हेल्थ अवेयरनेस कार्यक्रम गरिएको हो ।
कार्यक्रम रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको सो कार्यक्रममा डा. जेनी मण्डलले मानसिक स्वास्थ्य सम्वन्धी विभिन्न विषयमा सहजिकरण गरेकी थिइन । डा. मण्डलले तनाव व्यवस्थापन ,भावनात्मक सन्तुलन तथा सकारात्मक व्यवहार लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइन ।
कार्यक्रममा च्याट युवा फ्रन्टका अध्यक्ष अमरजित साह र निधि कलेजका प्रमुख रञ्जित कुमार साह लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमका वक्ताहरुले सकारात्मक सोच तथा तनाव व्यवस्थापनका विषयमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रम रोर्याक्ट क्लब अफ विर्तामोडका अध्यक्ष सुशील थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिक्रिया