एनपीएलमा कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य पछ्याउँदै विराटनगर

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ । 

शुक्रबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १६१ रनको लक्ष्य दिएको हो । टस जितेर कर्णालीले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । 

विराटनगरको यो पाँचौं खेल हो । उसले ४ खेलबाट ६ अंक बनाएको छ । विराटनगर पछिल्लो खेलमा चितवनसँग ४८ रनले हारेको थियो । लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले पहिलो हार चखाएको थियो ।

त्यसअघि भने विराटनगरले जनकपुर बोल्ट्सलाई ९ विकेटले, काठमाडौं गोर्खाजलाई ५ विकेटले र पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

कर्णालीको यो चौथो खेल हो । पछिल्लो खेलमा कर्णाली सुदूरपश्चिम रोयलसँग ४५ रनले हारेको थियो कर्णाली चितवनसँग ४ विकेटले हारेको थियो । लुम्बिनीलाई ९ विकेटले हराएको थियो भने कर्णालीसँग २ अंक मात्र छ ।

यसअघि आज पहिलो खेलमा काठमाडौं तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले चितवन राइनोजलाई ५३ रनले हराएको थियो । 

अहिले विराटनगर कर्णालीले दिएको लक्ष पछ्याइरहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार