सुन तोलामा २ हजार २ सयले बढ्यो

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो ।

बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो । 

यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २ सय ८० मा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ४५ मा कारोबार भईरहेको छ ।

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार