धनकुटा पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

सोमबार, २७ असोज २०८२

धनकुटा : कोशी लोकमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–९ स्थित पाँचगोलाइमा सोमबार बिहान २ बजे ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परि मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–९ का २६ वर्षीय नारायण खड्का रहेका छन्। चालक, १९ वर्षीय दिनेश क्षेत्री, गम्भीर घाइते भई जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, धनकुटाबाट सब्जी लिएर धरानतर्फ जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक सडकबाट अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको हो।

घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार कार्य सम्पन्न गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो।

सह–चालक खडकाको बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार