नवलपरासी पश्चिम–२ मा कांग्रेसको आधिकारिक उम्मेदवार भीमबहादुर थापा

विहीबार, ०८ माघ २०८२

नवलपरासी पश्चिम : नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका तर्फबाट भीमबहादुर थापा (भरत)को उम्मेदवारी कायम भएको छ ।

यस क्षेत्रमा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल र सुनवल नगरपालिकाका पूर्वमेयर भीमबहादुर थापाले कांग्रेसको टिकट लिएर उम्मेदवारी दर्ता गराएपछि आधिकारिक उम्मेदवार को भन्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

थापाले कँडेलभन्दा पहिला उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थकमा यमलाल भुसाल रहेका थिए । निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारी ७ नम्बरमा दर्ता गरेको थियो ।

कँडेलले त्यसपछि उम्मेदवारी दर्ता गरेपछि दुवै जनाले आफूलाई पार्टीको आधिकारिक उम्मेदवार दाबी गरेका थिए । विवादपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनसम्म आवश्यक कागजात र कानुनी आधारको अध्ययन गरी शुक्रबार थापालाई आधिकारिक उम्मेदवारको मान्यता दिएको जानकारी दिए ।

कांग्रेसभित्र कँडेल पूर्व सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् भने थापा वर्तमान सभापति गगनकुमार थापानिकट नेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार