जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्छु : क्षितिज थेबे

विहीबार, ०८ माघ २०८२

ताप्लेजुङ : नेकपा(एमाले) का युवा नेता क्षितिज थेबेले ताप्लेजुङको विकास र समृद्धिलाई आफ्नो जीवनको सर्वोच्च प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उम्मेदवार थेबेले ताप्लेजुङवासीको सुख, खुशी र समृद्धि नै आफ्नो आत्मसन्तुष्टि हुने उल्लेख गर्दै जनताको हितका लागि निस्वार्थ रूपमा काम गर्ने दृढ सङ्कल्प सार्वजनिक गरेका छन् ।

थेबेले जिल्लाको समग्र विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय स्रोत–साधनको सदुपयोगलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । “विकासका हरेक योजनामा जनताको आवश्यकता, सहभागिता र स्वामित्व सुनिश्चित गरिनेछ,” उनले भने ।

सालिन र जिम्मेवार युवा नेतृत्वका रूपमा परिचित थेबेले परिवर्तन, पारदर्शिता र उत्तरदायित्वसहितको राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा सबै ताप्लेजुङवासीलाई साथ र सहयोगका लागि आह्वान गरे ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार