तोडफोड र आगजनीमा संलग्न पक्राउ

आइतबार, ०७ मंसिर २०८२
इलाका प्रहरी कार्यालय अनारमनी

झापा : जेनजी आन्दोलनको क्रममा झापा जिल्लाको इलाका प्रहरी कार्यालय अनारमनीमा आगजनी र तोडफोड गर्ने कार्यमा  संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई चरणबद्ध रूपमा पक्राउ गर्दै आएको प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनी तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा विर्तामोड नगरपालिका वडा नम्बर ३का बादल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका राजवंशीले गत भद्रा २४ गते जेनजी इलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र रहेका सवारीसाधनमा तोडफोड र आगजनी गर्ने कार्य गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लगायतमा तोडफोड आगजनी गर्ने अन्य व्यक्तिहरुको समेत पहिचान गरि खोजी गर्ने कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ । राजवंशीलार्य विर्तामोड नगरापालिका वडा नम्बर ४ अन्नपूर्ण चौकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार