मधेश प्रदेश सभा विघटन गर्न युवाहरुको माग

आइतबार, ३० कार्तिक २०८२

जनकपुर । जनकपुरधामका युवाहरुको एक समूहले मधेश प्रदेश सभाविघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग अघि सारेका छन् ।

स्वतन्त्र युवा समाजका युवा अगुवाहरुले आईतबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई मधेश प्रदेश राजनितिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका छन् । 

युवाहरुले उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन् ।

मधेश प्रदेश सभाका सांसदहरुको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरु अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भिर असर परेको पत्रमा उल्लेख रहेको छ । 

सोही कुराहरुलाई मध्येनजर गर्दै नेपालको संविधानको धारा २३२ को उपधारा ३ बमोजिम प्रदेश मन्त्रीपरिषद र प्रदेश सभालाई कम्तिमा ६ महिनाका लागि निलम्बन गरी वा विघट्न गरी स्वतन्त्र नागरिक स्तरका सरकार गठन गरी मधेश प्रदेशमा संघीयता संस्थागत, सुशासन कायम गर्न युवाहरुले पत्रमार्फत आग्रह गरेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार