कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल

शुक्रबार, ०२ माघ २०८२
फाइल फोटो

मोरङ ।  कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

आज बसेको प्रदेश मन्त्री परिषद्को बैठकले गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सिग्देललाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिएका छन्। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार