गगन विश्वलाई प्रश्न गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेस विशेष महाधिवेशनबारे गरे टिप्पणी

शुक्रबार, ०२ माघ २०८२

काठमाडौं :  नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै ओलीले कसैले सडकबाट बहुमत पुर्याए भनेका भरमा हुन्छ र भन्दै गगन विश्वलाई प्रति संकेत गर्दै टिप्पणी गरेका हुन्। 

 

‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पु¥याएँ भनेर भनेका भरमा हुन्छ ।’ ओलीले नेपाली काँग्रेसको विशेष अधिवेशनका विषयमा यस्तो तर्क गरे । 

 

ओलीले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको समेत ओलीले बताए । ओलीले आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्ने बताए ।

 

ओलीले निर्वाचित सरकार अपदस्थ गरेर, प्रतिनिधिसभा भंग गरेर न्यायलयहरु जलाउने कार्यहरु गरे । नेपाल देशमाथि, सार्वभौमसत्तामाथि, नेपालको स्वाधिनतामाथी, नेपालको शान्तिपूर्ण स्थितिमाथि, नेपालमा लोकतान्त्रिक प्रणालीमाथि, नेपालको संविधानमाथि आक्रमण गरिएको छ । आगोले मात्रै जलाइएको छैन, तरतरिकाले पनि जलाइएको छ । ’  भ ने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार