काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७९/८० का २३ वटा बोलपत्र सूचना राष्ट्रिय पत्रिकामा प्रकाशन नगरी मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाएको छानबिनमा खुलेको आयोगले जनाएको छ।
अनुसन्धानमा यादव, लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले झुट्टा बिल तयार गरी ३ लाख १६ हजार ५७० अवैध भुक्तानी गरेको प्रमाण फेला परेको आयोगको भनाइ छ।
सबै अभियुक्तमाथि सोही रकम बिगो राखेर भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको छ।
प्रतिक्रिया