काठमाडौं । अन्तराष्ट्रिय महिला उद्यमी अवार्ड २०२५ बाट शोभना दुगड सम्मानित भएकी छन् ।
श्रीलंकाका प्रधानमन्त्रीले उनलाई उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको हो ।
उक्त पुरस्कारका लागि सार्क देशका तीन महिला उद्यमीलाई छनोट गरिएको थियो । जसमा शोभना दुगडले नेपालको प्रतिनिधित्व गरेको थिइन् ।
सार्क देशका तीन महिला उद्यमीमध्ये डब्लुसीआईसीले उनलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।
शोभना दुगड सेन्चुरी ग्रुप अफ कम्पनिजकी प्रबन्ध निर्देशक हुन् ।
_gMB4xsn8OH.png)
शोभनाले आफ्नो असाधारण व्यावसायिक कौशल र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रदर्शन गर्दै विविध उद्योगहरूमा आफूलाई अग्रणीको रूपमा स्थापित गरेकी छिन्।
सेन्चुरी ग्रुपका १०० भन्दाबढी उत्पादनहरु बजारमा उपलब्ध छन् । यस कम्पनीमा ५०० भन्दाबढी कर्मचारीहरु आवद्व छन् । यसले आफ्नो प्रडक्टहरु विभिन्न १५ वटा देशमा निर्यात गर्दै आइरहेको छ । यस ग्रुपको हस्पिटालिटीमा समेत लगानी रहेको छ ।
प्रतिक्रिया