काठमाडौं : महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी प्रकरणमा सबै आरोपितविरुद्ध दायर दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन् ।
यसअघि गत बुधबार पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको हकमा मात्रै निर्णय भएको थियो । तर त्यसको दायरा विस्तार गर्दै जीबी राई, छविराज जोशी लगायत अन्य आरोपितविरुद्धका दुई अभियोगसमेत फिर्ता हुने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयसम्बद्ध स्रोतले जनाएको छ ।
रवि लामिछाने बाहेकका व्यक्तिहरूको हकमा भने शुक्रबार निर्णय गरिएको हो । संशोधनपछि अब उनीहरूले सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै सामना गर्नुपर्नेछ ।
यस निर्णयसँगै पीडितहरूको रकम फिर्ता गरिएमा मिलापत्रमार्फत मुद्दा टुंग्याउने बाटोसमेत खुला भएको बताइएको छ ।
यसैबिच मुद्धा फिर्ता भएका सन्दर्भमा नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । निर्णय विरूद्ध कोटेश्वरमा नेविसंघले रविको पुत्ला जलाउँदै प्रदर्शन गरेको हो ।
प्रतिक्रिया