सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने सम्झौता गरेको छ। वातावरण संरक्षण र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यस सहकार्यले देशभर सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार एक मिलियन रूख रोप्ने लक्ष्य वातावरणीय सन्तुलन कायम गर्न, कार्बन उत्सर्जन घटाउन र तापक्रम नियन्त्रणमा महत्त्वपूर्ण कदम हुनेछ। भविष्यका पुस्ताका लागि सुरक्षित वातावरण निर्माण तथा दिगो जलवायु व्यवस्थापनमा पनि यो अभियानले दीर्घकालीन टेवा पुर्याउनेछ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभर १४८ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया