डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

आइतबार, ३० कार्तिक २०८२
File Photo

काठमाडौं : डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ । 

कानुनका विद्यार्थीद्वय उपेन्द्र राउत र आयुष मिश्रले आज पेस गरेको रिट निवेदनमा उक्त विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने उनले बताए । 

यसअघि, सर्वोच्च अदालतले डिम्ब निष्कासन तथा भण्डारणमा रोक्न सरकारका नाममा आदेश दिएको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार