भर्‍याङबाट लडेर प्रहरी जवान घाइते

सोमबार, २२ मंसिर २०८२
सांकेतिक तस्बिर

झापा ।   जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत २४ वर्षीय प्रहरी जवान हेमकुमार सुवेदी लडेर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाको  व्यारेक भवनको भर्‍याङबाट तल ओर्लने क्रममा चप्पल चिप्लिएर लडेका कारण उनी घाइते भएको प्रहरीले जनाएको छ।

भ¥याङबाट  लडेर दाहिने हातको नाडीको हड्डी भाँचिएका सुवेदीलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखेर उपचार सुरु गरिएको छ । 

दमक–१० घर भई कोशी प्रदेश प्रहरी गण रानी, विराटनगरबाट दरबन्दी भई हाल उनी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार