काठमाडौँ : एनपिएलको सिजन २ अन्तरगत आज भएको कर्णाली याक्स र जनकपुर बोल्ट्सबिचको खेलमा जनकपुरका सञ्जय कृष्णमूर्तिले अर्धशतक पुरा गरेसंगै यो सिजनमा अहिले सम्म ३५ अर्धशतक पुरा भएको छ ।
काठमाडौं जारी एनपिएल अन्तरगतको आज भएको खेलमा जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले कर्णाली याक्सका विरुद्ध ३७ बलमा एक चौका चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेसंगै ३५ अर्धशतक पुरा भएको हो ।
यस सिजनमा ३५ अर्धशतक पुरा हुँदा २९ खेलाडीले अर्धशतक पुरा गर्ने खेलाडीमा आफुलाई सामेल गरेका छन् । जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक पुरा गरेका छन् ।
यसैगरी सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डू प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, ऋषि धवन, चितवनका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक पुरा गरेका छन् ।
अहिले सम्म कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।
प्रतिक्रिया