झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, २१ माघ २०८२
दुर्घटनापछिको फोटो

झापा  : झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दमक नगरापालिका वडा नम्बर १ बरगाछीमा भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ गइरहेको प्र.१-०१-०१८ प ८३०३ मोटरसाइकललाई ठक्कर दिएको थियो।

सो दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुबै जना घाइते भएका थिए। घाइते इलामको चुलाचुली ४ का प्रवेश राई र सोही ठाउँका आर्का राई तत्काल दमक अस्पताल उपचारका लागि लगिएको थियो। तर उपचारको क्रममा  दिउँसो चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन । 

सवारी दुर्घटनामा संलग्न टिपर चालक उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ९का  हिबराज रायलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान सुरु गरेको जनाएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार