राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

बुधबार, २१ माघ २०८२

काठमाडौं : जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल नेपाल आएका हुन् ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापान गएका थिए । उनको टोली सोमबार जापान पुगेको थियो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएर सम्बोधन गरेका थिए ।

साथै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट पनि गरेका थिए । भ्रमणकै क्रममा जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार