अर्जुनधारामा रहेको हार्डवेयर पसलमा आगलागी हुँदा ९० लाखको क्षति

शुक्रबार, १९ मंसिर २०८२

झापा :  झापाको अर्जुनधारा नगरपालिका–८ रातोपुलस्थित एक हार्डवेयर पसलमा मङ्गलबार राति आगलागी भएको छ। आगलागीका कारण ९० लाख रुपैयाँ बरावरको क्षति भएको हो ।

मंगलबार राति करिब ८:३५ बजे सन्तोष साहुको दुईतले पक्की घरको भुईँतलामा रहेको दुईवटा सटरमा सञ्चालन हुँदै आएको हार्डवेयर पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, बिर्तामोड, भद्रपुर तथा मेचीनगर नगरपालिकाका दमकलहरूको सहयोगमा करिब ९ :५० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको हो।

आगोले पसलभित्र सुरक्षीत रूपमा राखिएका सिमेण्टका बोरा, टिनका बन्डल, कलर पेन्ट, पुट्टी, झ्याल–ढोका, भर्‍याङमा प्रयोग हुने एल्युमिनियम सामग्री, प्लाइ बोर्डलगायतका विभिन्न हार्डवेयर सामग्री जलेर नष्ट भएका छन्। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार