झापाः झापाको गौरादह नगरपालिका–५ बालुबथानमा एक महिला गोठमा झुण्डिएको अवस्थामा फेला परेकी छन्।
गजुरमान लावतीकी ५० वर्षीया श्रीमती मालती लावती आफू बस्दै आएको गोठको बाँसको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनलाई लावतीकै छोरा अरुण लावतीले आमा झुण्डिएको देखेपछि घरका अन्य सदस्यसहित पासो काटी तुरुन्तै निम्स अस्पताल दमक पु¥याएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बोल्न नसक्ने अवस्थामा रहेकी लावतीलाई थप उपचारका लागि विराट टिचिङ अस्पताल, विराटनगर रेफर गरिएको बताइएको छ ।
घटनाबारे सूचना पाएलगत्तै प्रहरी निरीक्षक चन्द्रबहादुर कार्कीको टोली घटनास्थलतर्फ गएको थियो ।
यस अघिपनि दमकमा एक व्यक्तिले झुण्डिएर आत्महत्याको प्रयास गर्दै गर्दा पेटी चुडिएर घाइते भएका थिए ।
प्रतिक्रिया