पाँचथर : भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा विस्थापित पाँचथरका सातवटा प्रहरी चौकी पुनः स्थापना भएका छन ।
प्रहरी चौकी सिंहापुर,अस्थायी प्रहरी पोष्ट भुल्के,ओयाम,थोक्लिम्बा,आङसराङ सहित प्रहरी चौकी गोपेटार र फलैँचामा पुनः प्रहरी चौकी पठाइएको हो ।
ती सबै चौकी जेन्जी आन्दोलन भड्किँदै जाँदा सुरक्षा खतरालाई मध्यनजर गर्दै सदरमुकाम केन्द्रित गरिएको थियो ।
प्रहरी चौकीलाई सदरमुकाम सहित विभिन्न प्रहरी चौकीमा गाभिएपछि स्थानीयले पुनः स्थापनाको माग गर्दै आएका थिए ।
विस्थापित मध्ये अस्थायी प्रहरी पोष्ट ओयाममा शुक्रवार प्रहरी कर्मचारी पठाइएको छ । यस्तै सिंहापुर र भुल्केमा बिहीबार र अन्य प्रहरी चौकीमा केहिदिन अघि प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
_PU9CgxCHEa.jpg)
पाँचथरका ग्रामीण भेगमा गस्ती गर्दै प्रहरी । जेन्जी आन्दोलन पछि केही समय ठप्प जस्तै भएको ग्रामीण गस्तीलाई अव प्रहरीले निरन्तरता दिएको छ ।
प्रहरी नहुँदा आपराधिक घट्नामा वृद्धि हुनका साथै निर्वाचन सुरक्षामा समेत प्रभाव पर्ने भन्दै पुनः स्थापना गर्न माग भइरहेको थियो ।
प्रतिक्रिया