संकटको बाटोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

विहीबार, २२ माघ २०८२

काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा (एनपीएल) स्थिति अत्यधिक बढेको छ । खराब कर्जा वृद्धि हुँदा बैंकको प्रोभिजनिङ रकम बढेको छ । प्रोभिजनिङ बढ्दा त्यसले नाफामा असर गरेको छ । बैंकको चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खराब कर्जा ७ दशमलव ९ प्रतिशत पुगेको छ ।

खतराको तहमा खराब कर्जा, सञ्चालन खर्च बढ्दा घट्यो नाफा

गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ५ दशमलव ८६ प्रतिशत मात्रै थियो । बैंकको विवरणअनुसार खराब कर्जा गत वर्षको तुलनामा ३ दशमलव ८१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४ दशमलव ७४ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा झरेको छ । खराब कर्जा वृद्धि हुँदा बैंकले ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ ।

गत वर्षको पहिलो ६ महिनामा यस्तो रकम १ अर्ब ७७ करोड थियो । नेपाल राष्ट्र बैंकका अनुसार खराब कर्जा ५ प्रतिशतमा सीमित पार्नुपर्छ । वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ९ दशमलव ४५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १ सय ९४ दशमलव ७७ रुपैयाँ छ । यसैगरी बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पनि घटेको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको नाफा ४३ दशमलव ०४ प्रतिशतले घटेर १ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको ६ महिनामा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ब्याज आम्दानीसँगै अन्य आम्दानी संकुचित हुँदा बैंकको नाफा प्रभावित भएको हो । बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोडमा सीमित भएको छ ।

गत आर्थिक वर्षको ६ महिनामा बैंकले ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी घटेको छ । गत वर्षको ६ महिनामा १६ रुपैयाँ ६० पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा खुम्चिएको छ । ६ महिनामा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ रुपैयाँले ऋणात्मक देखिएको छ ।

प्राथमिक पुँजीकोष अनुपात ९ दशमलव ७२ प्रतिशत र त्रैमासको औसत आधार दर ५ दशमलव १६ प्रतिशत छ । बैंकको नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी संकुचित हुनु, उच्च प्रोभिजन खर्च र खराब कर्जाको जोखिम भएको विश्लेषकहरूले उल्लेख गरेका छन् ।

सञ्चालन खर्च र प्रोभिजनिङ
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालन खर्च र कर्जा आपतकालीन खर्च पनि उच्च अंकले वृद्धि गरेको पाइएको छ । खराब कर्जाको हिस्सा बढ्दा बैंकले कर्जा जोखिम पुँजी धेरै राख्नुपर्ने बाध्यता पर्छ, जसले नाफामा दबाब थपिएको छ । बैंकको नाफा घट्नु र कमजोर ब्याज आम्दानीका बीचमा यस प्रकारको प्रोभिजन खर्चले खुद नाफामाथिको दबाब दिएको बैंकिङ विश्लेषकको तर्क छ ।

यद्यपि, बैंकले आºनो चुक्ता पुँजी र रिजर्भ बलियो रहेको दाबी पनि सार्वजनिक विवरणमा देखिन्छ । यसका बाबजुद बैंकको चुक्ता पुँजी र रिजर्भ संरचना बलियो रहँदा दीर्घकालीन जोखिम न्यूनीकरणमा केही मद्दत मिल्ने सम्भावना छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार