काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै देश दौडाहामा छन्। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उनी देशका विभिन्न जिल्लामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार शाह सुदूरपश्चिमदेखि पूर्वी भूभागसम्म पुगिसकेका छन्। रास्वपाबाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित उनी ‘परिवर्तन’को एजेन्डा लिएर जनतामाझ सक्रिय देखिएका छन्।
बिहीबार उनले उदयपुर, खोटाङ र ओखलढुङ्गामा चुनावी कार्यक्रम गर्ने तालिका तय भएको छ। दिनको सुरुवात बिहान ८ बजे उदयपुरको गाइघाटबाट हुनेछ भने त्यसपछि साढे ९ बजे देउरी–चौडे–कटारीमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।
दिउँसो साढे १ बजे शाह खोटाङको धार्मिक स्थल हलेसी महादेव पुग्नेछन्। त्यसपछि साढे ३ बजे ओखलढुङ्गाको केतुकेमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने तय भएको छ।
उल्लेखनीय रूपमा, शाह झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन नजिकिँदै जाँदा उनको देशव्यापी अभियान थप तीव्र बन्दै गएको छ।
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
प्रतिक्रिया