काठमाडौँ : बैंकिङ् कसूरसम्बन्धी मुद्दामा प्रभु बैंकका सिइओ अशोक शेरचनसहित चार जनामाथि भइरहेको अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले शुक्रवार थप २ दिनको म्याद थप गरेको हो ।
प्रभु बैंकका सिइओ शेरचन,डिपुटी सिइओ मणिराज पोखरेल, सीसीओ रिभाश श्रेष्ठ र राजेन्द्र शाक्यको भूमिकाबारे बैंकिङ् कसुर मुद्दामा अनुसन्धान जारी रहेको बुझिएको छ ।
उच्च अदालत पाटनको प्रशासन शाखाका अनुसार आवश्यक थप अनुसन्धानका लागि म्याद गरिएको हो ।
प्रतिक्रिया