इन्टरनेट बजारमा वर्ल्ड लिंक सबैभन्दा अगाडि

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौँ : नेपाली इन्टरनेट सेवा बजारमा सबैभन्दा ठुलो पकड वर्ल्ड लिंक को रहेको छ।

वर्ल्ड लिंक, डिसहोम, नेपाल टेलिकमसहित करिब दुई दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनी सञ्चालनमा रहे पनि बजार हिस्सामामा वर्ल्ड लिंक अग्रस्थानमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

प्राधिकरणका अनुसार असोजसम्म वर्ल्ड लिङ्कका १० लाख ३६ हजार ग्राहक पुगेका छन्, जुन सबैभन्दा धेरै हो।

दोस्रो स्थानमा डिशहोमका ३ लाख ७७ हजार ग्राहक रहेका छन्। तेस्रो स्थानमा सरकारी लगानी रहेको नेपाल टेलिकम (NTC) छ, जसका ३ लाख ६० हजार ग्राहक रहेका छन्।
चौथो स्थानमा रहेको भायनेटका ३ लाख २५ हजार ग्राहक पुगेका छन् भने पाँचौँ स्थानमा रहेको क्लासिक टेकका २ लाख ५९ हजार ग्राहक छन्।

छैटौँ स्थानमा सुबिसु इन्टरनेटका २ लाख ५४ हजार र सातौँ स्थानमा वेभसर्फरका १ लाख ७६ हजार ग्राहक छन्।

बजार हिस्साका आधारमा आठौँ स्थानमा टेकमाइन्सका १ लाख १५ हजार, नवौँ स्थानमा वाइफाइ नेपाल, र दशौँ स्थानमा सिजी कम्युनिकेसन रहेका छन्।

यद्यपि, ग्राहकहरू भने इन्टरनेट सेवाप्रति सन्तुष्टि जनाउन सकेका छैनन्। सेवा प्रदायक कम्पनीहरूले बजार विस्तारमा मात्रै जोड दिई गुणस्तर सुधारमा ध्यान नदिएको उपभोक्ताहरूको गुनासो छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार