विराटनगर : विराटनगरस्थित अरिहन्त इन्फ्रास्ट्रक्चरले नेपालमै जिप्सम बोर्ड उत्पादन थाल्ने तयारी गरेको छ । हाल टाइल्स ‘निमाटो’ ब्रान्डमा उत्पादन गर्दै आएको कम्पनीले थप ५० करोड रुपैयाँ लगानी गरी जिप्सम बोर्ड उद्योग स्थापनाको अन्तिम चरणमा पुगेको निर्देशक जयेश लुनियाँले जानकारी दिएका छन् ।
कम्पनीले पुस पहिलो हप्तादेखि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरेको छ । भारत र समुद्रपारका मुलुकबाट आयात हुने जिप्सम बोर्ड महँगो पर्ने भएकाले, नेपालमै उत्पादन हुँदा मूल्य ५० प्रतिशतसम्म सस्तो हुने कम्पनीको दाबी छ ।
गत वर्ष नेपालले १ अर्ब १८ करोड रुपैयाँ बराबरको जिप्सम बोर्ड आयात गरेको थियो । उद्योग सञ्चालनमा आएपछि आयात उल्लेख्य रूपमा घट्ने अनुमान गरिएको छ । अरिहन्तले आधा मूल्यमै उपलब्ध गराउने भएकाले बजार प्रतिस्थापन हुने अपेक्षा समेत राखिएको छ ।
अरिहन्तले ठूला साइजका टाइल्स र आगामी दिनमा मार्बल साइजका उत्पादन निर्यात गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।
प्रतिक्रिया