एक्साइड ब्याटमोबाइल सेवा ५० हजार ग्राहकसम्म पुग्दै इतिहास रच्यो

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौं : एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, जसलाई एक्साइड ब्याट्री सेवा इतिहासकै एक मूल्यवान् माइलस्टोनको रूपमा लिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी ५०,००० ग्राहक नै एक्साइडका सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हुन्।

एक्साइड ब्याटमोबाइल सेवा सन् २००९ फेब्रुअरीमा सुरु भएको हो। सुरुका महिनामा थोरै—करिब केही दर्जन—कल मात्र प्राप्त भएका जबकि अहिले दैनिक १०० भन्दा बढी कल आने गरेका छन्। सेवा सुरु भएको दिनदेखि नै यो सेवा अविराम रूपमा सञ्चालन हुँदै आएको र भविष्यमा पनि नरोकिने ढङ्गले निरन्तर रूपमा अघि बढाइने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ। यसलाई कम्पनीले “Like an Unbeatable King of Battery” भनेर व्याख्या गरेको छ।

नेपालकै प्रतिष्ठित कम्पनी सिप्रदी ट्रेडिङ प्रा.ली. को सुपरभिजनमा सञ्चालन हुँदै आएको एक्साइड ब्याट्री नेपालकै नम्बर–१ ब्याट्री ब्रान्डका रूपमा स्थापित छ। ग्राहकहरूले एक्साइड ब्याटमोबाइल सेवालाई नेपालमा उपलब्ध एक मात्र पूर्णरूपमा निःशुल्क सेवा भएको प्रतिक्रिया दिएको कम्पनीले उल्लेख गरेको छ।

सुरुवाती चरणमा एक्साइड ब्याटमोबाइल सेवा चार टेक्निसियन, दुई ड्राइभर, एक टेक्निसियन–कम–ड्राइभर र एक को–अर्डिनेटर सहित सञ्चालन भएको थियो। मारुती सुजुकी ओम्नी भ्यानमार्फत काठमाडौँ उपत्यकाभित्र बिहान ७ बजे देखि राति ९ बजे सम्म, छुट्टीका दिनमा पनि सेवा उपलब्ध थियो। सेवा टेकु शो–रुमबाट सुरु भई पछि पचली भैरवस्थित एक्साइड केयर सेन्टर बाट सञ्चालन भयो र अहिले बागडोल एक्साइड केयर सेन्टर बाट सञ्चालन भइरहेको छ।

कम्पनीले २०१६ फेब्रुअरीदेखि स्कुटरमार्फत सेवा विस्तार गरेको र हाल देशभरका ११ शाखामार्फत एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ। काठमाडौँ पछि पोखरा र नारायणघाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढ्दै गएको कम्पनीको भनाइ छ।

एक्साइड ब्याटमोबाइल सेवा सबै कार तथा एसयूभी ब्याट्रीसँगै ईभी ट्याक्सीका लागि पनि निःशुल्क स्टार्ट सेवा प्रदान गर्दछ। “HELP ON THE WAY; ANYTIME. ANY BATTERY.” भन्ने नाराका साथ, यस सेवाले वर्षका ३६२ दिन काम गर्ने बताइएको छ।

नेपाली नयाँ वर्ष, विश्वकर्मा पूजा र होली बाहेक अन्य सबै दिन सेवा खुला रहनेछ। छुट्टीका दिनमा पनि नजिकका एक्साइड सर्भिस डिलर वा वर्कस्टेसनमार्फत समस्या समाधान गर्ने प्रयास गरिने कम्पनीले जनाएको छ।

महामारी र लकडाउनका कठिन समयमा समेत कम्पनीले ग्राहकका सवारी साधन स्टार्ट नहुने समस्यामा सक्दो सहयोग पुर्‍याएको थियो। हाल ग्राहकहरूको मागअनुसार रिचार्जको लागि लगिएका ब्याट्रीहरूको होम–डेलिभरी सेवा तथा अन्य ब्रान्डका ब्याट्रीमा सशुल्क स्टार्ट सेवा पनि उपलब्ध गराउँदै आएको छ।

एक्साइड ब्याटमोबाइल सेवा चर्चित कलाकार, गायक, राजनीतिज्ञ, अभिनेता लगायत धेरै परिचित व्यक्तिहरूद्वारा पनि प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ।

ब्याटमोबाइल टिम स्टिकर, पकेट कार्ड, एएमसी भाउचर वितरणदेखि विभिन्न सेवा क्याम्पहरूमा समेत सक्रिय रहँदै आएको उल्लेख छ। अधिकांश OEM ले आफ्ना ग्राहकहरूलाई एक्साइड ब्याटमोबाइल सेवामै प्राथमिकता दिने गरेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ५० हजार सेवा कल पूरा गर्नु संस्थाका लागि एक अत्यन्तै महत्त्वपूर्ण सफलता हो। यस उपलब्धिमा मार्गदर्शन र नेतृत्व प्रदान गरेका वरिष्ठ महाप्रबन्धक श्री सुरेश कुमार तिवारी प्रति कम्पनीले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै सबै वरिष्ठ अधिकारी, कर्मचारी, सहकर्मी, डिलर, रिटेलर तथा OEM पार्टनरहरूलाई निरन्तर सहयोगका लागि आभार व्यक्त गरिएको छ।

कम्पनीका अनुसार, यो सफलता आगामी दिनमा एक्साइड ब्याटमोबाइल सेवालाई अझ सक्षम र सुदृढ बनाउँदै अझ धेरै ग्राहकसम्म सेवा पुर्‍याउने तथा १००% ग्राहक सन्तुष्टि प्राप्त गर्ने लक्ष्य पूरा गर्ने प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार